सिन्धुली । वैशाख ६ गते,
सिन्धुलीको फिक्कल गाउँपालिकाका जनप्रतिनिधिहरुले कर्मचारी नहुँदा दैनिक कार्यसम्पाद प्रभावित भएको गुनासो गरेका छन् । गाउँपालिकाको बिषयगत शाखामा एक शाखा एक कर्मचारीमात्रै रहेको , वडा कार्यालयहरुमा सचिवहरु नभएको तथा प्राविधिकहरु समेत प्रयाप्त नहुदा कार्य सम्पादनमा समस्या भएको निर्वाचित जनप्रतिनिधिहरुको गुनासो छ । हुराडेग नेपाल दोलखाको पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजनामा शुक्रबार फिक्कल गाउँपालिका आयोजना गरिएको साझेदारी मञ्चको बैठकमा ३ नम्बर वडाका वडाध्यक्ष टेक बहादुर जर्गा मगरले यस्तै अवस्था हुने हो भने स्थानी तहका कार्यालहरुनै बन्द गर्नुपर्ने अवस्था आउँने बताए । 
गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले कर्मचारीको एकखालको वयवस्थापन भैसकेपछि कर्मचारी समायोजनको प्रक्रिया सुरु हुँदा फेरी कर्मचारी रिक्त हँुने अवस्था आएको बताए । यस बिषयमा मन्त्रालयमा समेत गएर कुरा गरेको र समस्या समाधान गर्ने मन्त्रालयबाट प्रतिवद्धता आएको उनको भनाई छ ।
निर्वाचित जनप्रतिनिधिहरु , बिषयगत शाखाका प्रमुखहरु तथा नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको सो कार्यक्रममा वडाध्यक्षहरुले वडा कार्यालयहरुबाट सम्पादन भएका कामका बारेमा जानकारी गराएका थिए । नागरिक समाजका अगुवाहरुले गाउँपालिकाबाट हुने अनुगनको पाटो कमजोर भएको , प्राविधिकहरुले अनावश्यक रुपमा सर्वसाधारणहरुलाई दुःख दिएको , गाउँपालिकाबाट सम्पादन हुने काममा ढिलासुस्ती हुनेगरेको गुनासो गरेका छन् । फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक रिजालले नागरिकहरुको गुनासोलाई सम्बोधन गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
कर्मचारीको अभाव हुँदा फिक्कल गाउँपालिकाको काम प्रभावित
- प्रकाशित मिति: शुक्रबार, बैशाख ६ २०७६
- तामाकोशी