रामेछापको गेलुमा राष्ट्रिय मानवअधिकार आयोगको अन्तरक्रिया कार्यक्रम

  • प्रकाशित मिति: शनिबार, चैत्र ३० २०७५
  • तामाकोशी

रामेछाप । चैत ३० गते,
राष्ट्रिय मानवअधिकार आयोगको तल्लो तहसम्म मानवअधिकारको संरक्षण र संवद्र्धन गर्न प्रभावकारी कार्यान्वयनमा जोड दिने कार्यक्रम अन्तरगत रामेछापको गाउँबस्तीमा पुगेर अन्तरक्रिया गरिएको छ । आयोगको पाँचौ रणनितिक योजना अन्तरगत घर घरमा मानवअधिकार शान्ति र विकासको आधार भन्ने नारा लिएर शनिबार मन्थली नगरपालिका वडा नम्बर ११ गेलुको नाटिलामा स्थानीय जनप्रतिनिधि ,सरोकारवाला निकाय र आम सर्वसाधारणसंग एकै थलोमा मानवअधिकार र जातिय छुवाछुतका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
मन्थली नगरपालिका वडा नम्बर ११ का कार्यवहाक वडाध्यक्ष दिप बहादुर तामाङको अध्यक्षतामा भएको त्यस कार्यक्रममा सहभागिहरुले आआफ्ना समस्या राखेका थिए । पहिलाको तुलनामा अहिले जातिय विभेद् कम हुदै गएको र समुदायमा अन्तरघुलनको अवस्था रहेको स्थानीयले प्रतिक्रिया दिएका थिए । कानुन्मानै जातिय विभेदलाई डण्डनिय अपराधको रुपमा उल्लेख भएको हँुदा जातिय विभेद् भयो भने कानुनी बाटो पहिल्याउने सहभागिहरुको बिचार थियो ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत कल्पना नेपाल आचार्य र मधु सुनामले मानव अधिकार र जातिय विभेद्को विषयमा आआफ्नो बिषयबस्तु राख्दै सहभागिहरुसंग प्रश्न उत्तर गरेका थिए ।