रामेछाप । चैत २५ गते,
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरीय गैर सरकारी संस्था महासंघ गठन भएको छ । गाउँपालिका भित्र रहेका गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागितामा सोमबार गैरसरकारी संस्था महासंघ गठन गरिएको हो । चन्द्र खातीको अध्यक्षतामा ९ सदिस्य कार्यसमिति गठन गरिएको छ ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ , उपाध्यक्ष रत्न प्रसाद कडेंल , सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका सचिव गंगा कार्की , गैससकर्मी शंकर कडेंल ,पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष नवराज पथिक , वर्तमान उपाध्यक्ष कैलाश खत्री लगाएतले बोलेका थिए । वक्ताहरुले गाउँपालिमा गैरसरकारी संस्था महासंघ गठन हुनु उपलब्धी मूलक काम भएको बताए । नवगठित महासंघ उमाकुण्ड गाउँपालिकामा रहेको काम गरिरहेका सबै गैरसरकारी संस्थाहरुको हितका लागि काम गर्ने पर्नेमा उनीहरुको जोड छ ।
उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरीय गैसस महासंघ गठन
- प्रकाशित मिति: सोमबार, चैत्र २५ २०७५
- तामाकोशी