रामेछाप । चैत २५ गते,
रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको सरुवा भएको छ । गृहमन्त्रालयले सोमबार २३ जना उपसचिवको सरुवा गरेसंगै रामेछापका प्रमुख जिल्ला अधिकारी शर्मा पनि सरुवामा परेका हुन् । रामेछापमा अब गृहमन्त्रालबाट लीलाकुमारी केसी पाण्डे प्रमुख जिल्ला अधिकारी भएर आउँने भएकी छिन् भने शर्मालाई गृहमन्त्रालयमा तानिएको छ । गृहमन्त्रालयले दोलखा, बाजुरा, भोजपुर, रसुवा, संखुवासभा र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।
दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी सरुवा भएको छ । संखुवासभामा जीवनप्रसाद दुलाल पठाइएका छन् भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ । संखुवासभा गएका दुलाल यसअघि ललितपुरको नख्खु कारागारका जेलन थिए । हाल उनको ठाएँमा वेदप्रसाद अर्याललाई पठाइएको छ । केही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको सरुवा
- प्रकाशित मिति: सोमबार, चैत्र २५ २०७५
- तामाकोशी