रामेछाप । चैत २४ गते,
जिल्ला प्रहरी कार्यालय रामेछापले अदालतको कैद सजायपछि फरार रहेका दुई जनालाई पक्राउ गरेर कारागार पठाएको छ । मन्थली नगरपालिका वडा नम्बर ७ का लक्षे भनिने लक्ष्मण मोक्तान र चन्द्रबहादुर मोक्तानलाई लुकीछिपी बसेको अवस्थामा विशेष सुराकीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख एवम् डिएसपी सन्तोष भट्टराईले जानकारी दिए ।
लक्ष्मण मोक्तान र चन्द्रबादुर मोक्तानलाई जिल्ला अदालत रामेछापले साधारण चोरी अभियोगमा चार वर्ष २५ दिनको कैद सजाय फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका उनीहरूलाई पक्राउ गरेर जिल्ला अदालत रामेछापमा पेस गरिएको थियो । अदालतको आदेशपछि उनीहरूलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको रामेछापका प्रहरी प्रमुख भट्टराईले बताए । रामेछाप जिल्ला अदालतको ०७५ माघ १८ गतेको फैसलाले कैद सजाय तोकिदिएको थियो ।
रामेछापमा अदालतको फैसलापछि फरार दुई जना पक्राउ
- प्रकाशित मिति: आइतबार, चैत्र २४ २०७५
- तामाकोशी