एजेन्सी । अफ्गानिस्तानमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । पूर्वी अफगानिस्तानको जलालावाद शहरमा शनिबार दोहोरो बम विस्फोटमा परेर सो हताहती भएकोे अफ्गान सरकारका प्रवक्ताले बताएका छन् । ‘हताहत हुनेहरुमा २ बालबालिका र ८ सुरक्षा बलका अधिकारीहरु रहेका छन्, ’नांगरहार प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोग्यानीले भने ।
विस्फोटको कारण र सो घटनाको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन । आतंकवादी समूह र अफगान सुरक्षा बलबीच हुने लडाइमा कैयौं सर्वसाधरणले अनाहकमा ज्यान गुमाउँदै आएका छन् ।