आयुर्वेद अनुसार रात्रीकालिन समयमा खान नहुने चिज र शरिरलाइ आराम र स्वस्थ बनाउने ८ तरिका

  • प्रकाशित मिति: शनिबार, चैत्र २३ २०७५
  • तामाकोशी

१. रातीको समयमा अन्न सकिन्छ भने सेवन नगर्ने या त थोरै क्यालोरी भएको खाना खाने । हलुका खानपान गर्ने।

२.राती दहिको सेवन नगर्ने किनकि कफ जम्ने प्रकृया राती दहिकै कारणले सुरु हुन्छ।



३.सुत्नुभन्दा करिब २/३ घण्टा अघिनै भोजन शरिरले प्राप्त गर्ने वातावरणको सिर्जना गर्ने जसका कारण पेट लाग्ने समस्या न्युन हुनेछ।

४. वास्तविक रुपमै रातिको खानामा दाल, गेडागुडी र प्रोटिनयुक्त खानेकुरा खाने र अन्न अथवा कार्वोहाइड्रेड वर्जित गर्ने।

५. करिब ७ बजे यता नुनको सेवन नगर्ने यदि गरेमा राती रक्त प्रवाह ज्यादा हुने सम्भावना रहन्छ र मुटुलाइ ज्यादा भार पर्नेछ।

६. सुगन्ध मात्र नभै मसलाले स्वाद बढाउने र पेटलाइ घटाउन पनि मद्धत गर्नेहुनाले थोरै गुणकारी मसलाको प्रयोग गर्ने ।

७.राती चिनी प्रयोग नगर्ने तर मह गर्ने जसले गर्दा स्वाद बढ्ने र कफ हट्न मद्दत गर्नेछ रातिको समयमा।

८.खाना खादा पनि योगि तरिकाले खाना खाने, दायाबाया हेर्दै, गफ गर्दै, टिभी हेर्दै र बोल्दै खानाले खानाको वास्तविक स्वाद भोग्न मुस्किल हुन्छ र पाचनमा सम्स्या निम्तिन सक्छ, र ध्यानले खाना खाएमा ठिक खाना खाइन्छ ज्यादा होइन।