काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभरको मौसम सामान्यतया बदली भएको छ । शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अँध्यारो हुने गरि कालो बादल लागेको छ भने अधिकांश स्थानमा मेघ गर्जनसहित पानी परिरहेको छ । मेघ गर्जनसहित पानी पर्ने खेलाको मौसमी प्रणालीका कारण विशेष गरि काठमाडौँ उपत्यका र आसपासको क्षेत्रमा बढि प्रभाव परेको महाशाखाले जनाएको छ ।
मौसमविदअनुसार बिहारमा बनेको न्यून चापियन क्षेत्र र पश्चिमी वायुको प्रभावका कारण विशेष गरि काठमाडौँ उपत्यका र पूर्वका क्षेत्र तथा आसपासका पश्चिमी क्षेत्रमा पनि बिहानैदेखि कालो बादलसहित मेघ जर्गन भएको छ ।
यस्तै देशभरको मौसम पनि सामान्यतया बदलीको अवस्थामा छ । दिनभरजसो नै मेघ जर्गनसहित पानी पर्ने सम्भावना रहेको छ ।विशेष गरि तराईको क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । दिनभरि जस्तो नै बदली, वर्षा र हावाहुरीको अवस्था रहने जनाइएको छ । केही दिन मौसम यस्तै हुनेछ ।