काठमाडौँ- महोत्तरीमा एक युवतीको शव बेवारिसे अवस्थामा फेला परेको छ। महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर २ स्थित मरहा खोला किनारमा एक युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार मृत अवस्थामा फेला परेकी युवतीको पहिचान भने हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत युवतीको उमेर अन्दाजी २१ रहेको छ।
२ देखि ३ दिन अगाडी उनको हत्या भएको हुन सक्ने प्रहरीको शंका छ। प्रारम्भिक अनुसन्धानको क्रममा युवतीको कसैले घाँटी थिचेर हत्या गरेको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ। सत्याखबरबाट साभार
https://youtu.be/wLqGGKqsnms