रामेछाप । चैत २० गते,
कुनै बेला सुनसान रहेको रामेछापको मन्थली विमानस्थल अहिले खचाखच भरिएको छ । विमानस्थलको कालोपत्रे भएसँग केही महिना अघिबाट सोलुखुम्बुको लुक्ला उडान सुरु भएको थियो । मन्थलीबाट लुक्ला कार्गे मात्र लिएर विमान उडने गरेका थिए । तर अहिले भने मन्थली विमास्थलमा भिडभाड बढेको छ । गत सोमबारदेखि तीन महिनासम्म त्रिभुवन विमानस्थलको धावनमार्ग राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मत गर्ने तय भएपछि लुक्लाको उडान त्रिभुवन विमानस्थलबाट हुन कठिन हुने देखिएपछि रामेछापबाट लुक्ला उडान गर्न थालिएको हो ।
सगरमाथासहित खुम्बु क्षेत्रमा रहेका हिमाल आरोहणको सिजन सुरु हुन लागेसँगै लुक्ला जानको लागि काठमाडौंको विकल्प मन्थली विमानस्थललाई बनाइएको छ । आरोहण तथा घुमफिरलाई सोलुखुम्बु जाने पर्यटक उडानका लागि गाडीबाट काठमाडौंदेखि रामेछाप आउँने गरेका छन् । त्यसपछि मन्थलीमा रहेको विमानस्थलबाट जहाज चढेर लुक्ला जान पाउने छन् । काठमाडौं–लुक्ला उडान स्थगित गरेर हाले तीन दिनदेखि रामेछाप–लुक्ला उडान सुचारु गरिएको नेपाल नागरिक उड्यान प्राधिकरण रामेछापका प्रमुख अमित कुमार चौरसियाले बताए ।
रामेछापको मन्थली विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो
- प्रकाशित मिति: बुधबार, चैत्र २० २०७५
- तामाकोशी