रामेछाप । चैत २० गते,
राष्ट्यि सहकारी दिवसको अवसरमा रामेछापमा बुधबार र्याली तथा प्रवचन कार्यक्रमको अयोजना गरिएको छ । जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा कार्यक्रम भएको हो । 
मन्थलीको मदनभण्डारी चोकमा सहकारीकर्मीहरु भेला भई निकालिएको र्याली मन्थली बजार परिक्रमा गरि बसपार्कमा पुगेको थियो । सहकारीको झण्डा बोकेका जिल्ला सदरमुकाम र आसपासका सहकारी संस्थाका सञ्चालक तथा सदस्यहरुको र्यालीमा सहभागिता रहेको थियो । त्यस पछि बसपार्क स्थित गुम्बाहलमा सुरु भएको प्रवचन कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगले लगायतले नेपालमा सहकारी र यसको महत्वको बारेमा बोलेका थिए ।
सहकारी दिवसको अवसरमा रामेछापको मन्थलीमा र्याली तथा प्रवचन
- प्रकाशित मिति: बुधबार, चैत्र २० २०७५
- तामाकोशी