अछाम तुर्माखाद गाँउपालिका गाँउमा ३ दिने एकीकृत निःशुल्क घुम्ती शिबिर संचालन

  • प्रकाशित मिति: सोमबार, चैत्र १८ २०७५
  • तामाकोशी

चैत्र १८ ,नरेन्द्र रावल -अछाम । गाँउमा निःशुल्क घुम्ती शिबिर संचालन भएपछी अछामको तुर्माखाद गाँउपालिकामा नागरीकको ठुलो संख्यामा घुईचो लागेको छ ।
भौगोलिक रुपमा बिकट अछामको तुर्माखाद गाँउपालिकामा एकिकृत निःशुल्क घुम्ती शिबिर २०७५ संचालन भएको छ ।
गाँउपालिकाको आयोजनामा नियमित स्वास्थ्य परिक्षण गरौ, निरोगी र स्वास्थ्य बनौ भन्ने मुल नाराका साथ शुरुगरिइको एकिकृत निःशुल्क घुम्ती शिबिर तिन दिन सम्म चल्ने भएको छ ।
शिबिरको उदघाटन गर्दै प्रर्तिनिधि सभा सदस्य राम बहादुर बिष्टले नागरीकलाई स्थानिय सरकारको महशुस गराउने हेतुले शुरुगरेको शिबिरमा सबै नागरीकहरुलाई सेवालिन आग्रह गनुभयो ।
घुम्ती शिबिरमा स्त्री रोग, दाँत, आँखा, छाला र जनरल चेकअफ रगत दिसा पिसाव खकार, सुगर परिक्षण भिडियो एक्सरे सेवाका साथै अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद आचार्य सहितको टोलिले नागरिकता बितरण गर्नुका साथै मतदाता नामावलि संकलन जस्ता सेवा संचालन गरीएकाछन ।
हरेक नागरीकलाई गाउँमा सेवा दिन र सरकारको महसुस गराउन घुम्ती शिबिर संचालन गरिएको तुर्माखाद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउनुभयो ।
आफुहरुले गाँउमै नागरिकता हातमा पाउदा र निःशुल्क स्वास्थ्य सेवा पाउदा हर्षत भएको स्थानिय वासी बताउछन ।
एकिकृत निःशुल्क घुम्ती शिबिरको पहिलो दिन तुर्माखाद गाँउपालिकामा ठुलो संख्यामा सेवा लिनेको घुईचो लागेको छ ।यसरीनै गाउमौ नागरीकले सरकारी सेवा पाएपछी तुर्माखादका हजारौ बासिन्दाले राहातको महसुश गरेकाछन ।