रामेछाप । चैत १८ गते,कैलाश खत्री,
रामेछाप जिल्लाको मन्थली नगरपालिकाको कार्यपालिका बैठक सोमबार सम्पन्न भएको छ । केन्द्रीय संसको झल्को दिने सो बैठकको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले अध्यक्षताको आसन ग्रहन गर्दै बैठक प्रारम्भ गरेका थिए ।
नगरप्रमुख बस्नेतले सहभागि सबै नगरकार्यपालिका सदस्यहरुको ध्यानाकर्षण गराउँदै बैठक प्रारम्भ गराएका थिए । उनले एजेण्डाहरु टेवुल गर्दै दफावार छलफलका लागि समय उपलब्ध गराएका थिए । संसद भवनको जस्तै कुर्सीहरु मिलाइएको थियो भने बोल्ने परम्परा समेत नयाँ थियो । बैठकमा नगरपालिकाको शहरी विकास गुरुयोजना ,प्रधानमन्त्री रोजगार कार्यक्रमका
बारेमा जानकारी लगाएतका एजेण्डाहरु टेवल गरिएको छ । बैठकमा मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्की , प्रमुख प्रशासकिय अधिकृत टेक कुमार रेग्मी , १४ वटै वडाका वडाध्यक्षहरु , ८ जना कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । त्यस्तै बिषयगत शाखाहरु कृषि ,शिक्षा, स्वास्थ्य ,पशु र प्राविधिक शाखाका प्रमुखहरुको पनि बैठकमा सहभागिता रहेको थियो ।
मन्थली नगरपालिकामा संसद भवनको झल्को
- प्रकाशित मिति: सोमबार, चैत्र १८ २०७५
- तामाकोशी