मुम्बई – पछिल्लो समय निकै चर्चामा आइरहने जोडी हुन् अभिनेत्रि प्रियंका चोपडा र निक जोनस । यी सुन्दर जोडीको निकै चर्चा चलिरहन्छ । गत डिसेम्बरमा बिबाह बन्धनमा बाधिएका यो जोडी आ आफ्ना ब्यस्थताले अचेल अलि कम भेट हुन्छन् ।अभिनेत्रि प्रियंका चोपडा आफ्नो कामको सिलसिलामा यात्रा गरिराख्ने हुनाले श्रीमान् निक जोनससँग निकै कम भेट हुने गर्छिन् । निकै कम भेट हने हुनाले अभिनेत्रि प्रियंकाले श्रीमान् निक जोनससँग आत्मीयता कायम राख्न प्रविधीको सहारा लिने गर्छिन् ।
खासमा ३६ वर्षे अभिनेत्रि प्रियंका चोपडाले २६ वर्षे श्रीमानसँग धेरै समयका लागि टाढा हुँदा ‘सेक्सटिङ र फेसटाइम सेक्स’ मा विश्वास राख्ने बताएकी छिन्।गत बिहिबार एन्डी कोहनको कार्यक्रम वाच ह्वाट ह्यापन लाइभमा कार्यक्रमका प्रस्तोताले ‘धेरै समयका लागि श्रीमानसँग टाढा हुँदा सेक्सटिङ र फेसटाइम सेक्समा विश्वास गर्नुहुन्छ ’ भन्ने प्रश्नमा उनले तत्काल जवाफ दिइन्, ‘पक्कै पनि’ ।उक्त कार्यक्रममा अभिनेत्रि प्रियंका चोपडाले श्रीमानको रौं खौरन पनि सहयोग गरेको बताउदै गर्दा उनले भनिन्, ‘उनको टाउको पछाडिको रौं ।’ उनले थपिन्, ‘एकपटक, मात्र एकपटक । उनको टाउको पछाडि मात्र ।’