खाँडादेवी गाउँपालिकाको ५ वर्षे आवधिक योजना निर्माणका बारेमा छलफल

  • प्रकाशित मिति: बुधबार, चैत्र १३ २०७५
  • तामाकोशी

रामेछाप । चैत १३ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको आवधिक विकास योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठि बुधबार सम्पन्न भएको छ । ३ दिनसम्म चलेको सो गोष्ठिमा गाउँपालिकाको ५ वर्षे आवधिक योजना निर्माणको बारेमा छलफल गरि योजनाको खाका तयार गरिएको छ । गाउँपालिकाको आयोजनामा भएको सो गोष्ठिमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदी, ९ वटै वडाका वडाअध्यक्षहरु, गाउँकार्यपालिका सदस्य तथा गाउँपालिकाका सबै वडाका निर्वा्चित जनप्रतिनिधिहरु, पूर्व गाविस अध्यक्षहरु, नागरिक समाजका अगुवा, सम्बन्धित विषयका विषयविज्ञहरु समेतको सहभागिता रहेको थियो ।
गोष्ठिमा गाउँपालिकाको वर्तमान अवस्था, स्रोतको उपलब्धता र सम्माव्यता लागयतको विश्लेषण गरी आगामिग विकासका योजनाको समेत प्राथमिकिकरण गरिएको छ । सो आवधिक योजनालाई अन्तिम रुप दिएपछि अब गाउँपालिकाका वार्षिक कार्यक्रहरु समेत सोही आवधिक योजनालाई आधार मानि निर्माण गरिने गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले जनाकारी दिए । खाँडादेवी गाउँपालिका रामेछाप जिल्लाको भूगोल र जनसंख्याको हिसावले समेत सबैभन्दा ठूलो गाउँपालिका हो । सो गाउँपालिकामा ९ वटा वडाहरु रहेका छन् ।