कस्तो अच्चम ! बिच सडकमा नै प्रेमीकाले प्रेमीलाई गरिन पेटमा चक्कु प्रहार गर्दै चुम्बन गरेर भनिन् ‘बिन्ती छ तिमी नमर’

  • प्रकाशित मिति: बुधबार, चैत्र १३ २०७५
  • तामाकोशी

काठमाडौं-‘मलाई माफ गर माया, प्लिज झुटो नबोल ।’ यो भनाई यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । जुन कुराको प्रमाण भिडियोमा समेत भेटिन्छ । घटना हो मेक्सिकोको ला क्यासकाडा होटल बाहिरको जहाँ एक प्रेमीकाले आफ्ना प्रैमीलाई छुरी प्रहार गरी नर्मनका लागी आग्रह गरेको भिडियोमा देख्न सकिन्छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको थियो । झगडाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छुरा प्रहार गरिन् । प्रत्यक्षदर्शीले खिचेको भिडियोमा इरिक आफ्नो पेट समातेर बाटोमै घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ ।

जबकी उनकी प्रेमिका सोनिया अमेरानी नुजेन एगुइलाले उनलाई अँगालो हाल्छिन् र चुम्छिन् । उक्त भिडियोमा २२ वर्षे सोनियाले ‘उसले मलाई कुट्यो, मलाई मार्न खोज्यो’ भनेको प्रत्यक्ष रुपमा देख्न र सुन्न सकिन्छ । यो घटनापछि चक्कु प्रहारबाट गम्भिर घाइते युवकलाई तत्कालै अस्पताल भर्ना गरेर उपचार थालिएको छ भने प्रेमीकालार्य पक्राउ गरेर थप अनुसन्धान थालीएको छ । एजेन्सी