दुखद खबर ! कैलाली दुर्घटनामा रावलको मृत्यु – रावलको घरमा रुवाबासी

  • प्रकाशित मिति: सोमबार, चैत्र ११ २०७५
  • तामाकोशी

कैलाली । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीमा मिनी ट्रक र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्चनपुरको कृष्णपुर नगरपालिका ४ बस्ने तेज बहादुर रावल र डडेल्धुराको नबदुर्गा गाउपालिका ४ बस्ने वीर बहादुर रावल रहेका छन ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको से ३ प ९४२९ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ अाउँदै गरेको भे १ ख १४१४ नम्बरको मिनी ट्रक बल्मीमा एक आपसमा ठक्कर खाएको थियो । मिनी ट्रकका चालक बाँकै बैजनाथ गाँउपालिका वडा नम्बर १ का २९ वर्षीय मान बहादुर ओलीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । दुर्घटनामा परेर गम्भीर घाईते भएका मोटरसाईकलमा सवार दुबै जनाको सेती अञ्चल अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।