पोखरा – पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्याालयमा चोरी भएको छ । कार्यालयमा रहेको २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ । यसअघि पनि पोखराका वडा नम्बर ५, १३, १४ र १५ कार्यालयमा चोरी भइसकेका छन् । फागुन २३ गतेमात्रै पोखरा १३ को वडा कार्यालयमा चोरी भएको थियो । उक्त कार्यालयका सिसिटिभी क्यामेरासमेत चोरी भएको थियो । लगातारको चोरीले महानगरले महत्वपूर्ण कागजातसहित लाखौं क्षति व्यहोर्दै आइरहेको छ ।
चोरी काण्ड ! पोखरामा फेरी भयो अर्को चोरी, भिडियोमा हेर्नुहोस् चोरले यतिसम्म गरे,हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: सोमबार, चैत्र ११ २०७५
- तामाकोशी