चेली तामाङको यस्तो अवस्था ट्रमा सेन्टरमा

  • प्रकाशित मिति: सोमबार, चैत्र ११ २०७५
  • तामाकोशी

काठमाडौं-ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त कुमार ठाकुरी। चेली हलचल गर्न सक्दिनन् । बसन्तलाई त्यसबेला असाह्यै पीडा हुन्छ, जब श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन्। उनी आफैलाई प्रश्न गर्छन् ,’म मेरै श्रीमतीलाई कसरी मार्न सक्छु ।

काभ्रे भकुण्डेबेसीका बसन्त र सिन्धुपाल्चोक मुडेकी चेलीको भेट १५ वर्षअघि काठमाडौंमै भएको थियो । त्यतिबेला बसन्त लोकन्थलीमा मार्केटिङ कम्पनीको गाडी चलाउँथे, चेली जडिबुटीमा दाइको होटलमा खाना पकाउँथिन् ।



होटलमा जाँदाआउँदा भएको चिनजान प्रेममा बदलियो । त्यसको दुई वर्षमा बिहे गरे । उनीहरुको बिहे घर परिवारलाई चित्त बुझेन । अहिलेसम्म पनि राम्ररी स्वीकारेका छैनन् ।

परिवारले नस्वीकारे पनि उनीहरुले आफ्नो संसार बसाईसकेका थिए । आठ वर्षकी छोरी समेत छन् उनीहरुको । सानो घर बनाउने र छोरीको भविष्य पनि उज्जवल बनाउने सपना बोकेर विदेशीएका बशन्तको सबै सपना चकनाचुर भयो ।

चेलीलाई मोटरसाइकलले ठक्कर दिएर घाइते बनाए पछि उनी विदेशवाट फर्केर आए । अहिले भएको सम्पत्ती पनि सकियो । चेली तामाङ मुत्युको मुखमा, पैसा पाउदा रोए श्रीमान । ३ करोड नेपाली मेरो भगवान हुन्…