लुकिचोरी यौनधन्दा यसरि बन्दै यौन अखडा

  • प्रकाशित मिति: सोमबार, चैत्र ११ २०७५
  • तामाकोशी

काठमाडौ । बढ्दो सामाजिक चेतनाअनुसार समाज पनि फेरिन आवश्यक हुन्छ । गास, बास र कपास जस्तै आजका दिनमा मानिसका लागि यौन पनि एक अति आवश्यक कुरा भएको छ । नेपालमा यस कुरालाई व्यक्त गर्ने कुरामा व्यक्तिहरुले असहज मान्छन् । हामीलाई थाहा छ विश्वका धेरै देशहरुमा यौनलाई पनि मुख्य आय स्रोतको रुपमा हेरिएको छ ।

यौन गोप्य हुनुपर्छ यो कुरा सत्य हो तर कुनै निश्चित क्षेत्रलाई तोकेर यसलाई सरकारी दायरामा ल्याउन सकेको खण्डमा राज्यलाई आर्थिक सम्पन्नता हाँसिल हुने अर्को तिर मानिसले यौन सन्तुष्टि लिने कुरा छदैंछ । पछिल्ला दिनहरुमा नेपालमा मुख्य शहरहरुमा केही क्षेत्रलाई रेडलाईन एसियाको रुपमा घोषणा गर्नुपर्ने आवाजहरु आइरहेका छन् । तर, हाम्रो समाज असाध्यै ढोङ्गी छ ।



मानिस भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाइ रहन्छ । तर उ सबैभन्दा सादगी हुँ भनेर अभिनय गर्ने हाम्रो समाज हो । त्यसैलाई फेरि सम्मान हाम्रै समाजले गर्छ । हाम्रो समाजमा यतिधेरै पारिवारिक विखण्ड भएको छ, जस्तै श्रीमान बाहिर अर्थात देश भित्र नैं भए पनि कार्यव्यस्तताले संगैं रहन नसक्ने अवस्था भएमा श्रीमतीले यहाँ व्यभिचार गर्ने, श्रीमती बाहिर छन् भने श्रीमानले यहाँ व्यभिचार गर्ने प्रचलन छ ।

उही चाँहि सदाचारी हुने भन्ने कुरा आफैमा हाँस्यास्पद हुन्छ । मैले वेश्वृत्तिलाई व्यवस्थित गर्न एउटा कानुन निर्माण गरौँ भन्दा चाँहि के नराम्रो भो हुने हो र? यो शब्द हामीले बोलीरहेका छैनौं, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका शब्द हुन । कतिले मलाई यो मुख्यमन्त्रीले त समाजमा विखण्डन ल्याउने कुरा गर्यो पनि भने ।

मेरो मान्यता छ कि यो सबै ढोङ्गी कुरालाई अन्त्य गर्नुपर्छ नत्र हाम्रो समाजमा देखिएको व्यभिचारलाई अन्त्य गर्न सक्दैनौ । मैले के मात्र भनेको हो भने यो विषयमा अब छलफल गरौँ, बहस गरौँ । यस विषयमा निर्णय गरेको पनि होइन। पोखरामा र नेपालभरि नै यो वेश्यावृत्ति जुन ढङ्गले भइरहेको छ र यसले समाजमा जुन प्रकारको विकृति ल्याइरहेको छ, त्यसको अन्त्य गर्ने र त्यसलाई व्यवस्थित गर्ने कुरा मैले गरेको हो ।

त्यसका लागि रेड लाइट एरिया तोक्नु उचित हुन्छ । रेडलाइट एरिया खोल्दा ठिक कि बेठिक भनेर छलफल चलाउने बेला भयो भनेको हो मैले। जसरी यौन व्यवसाय चलिरहेको छ र यौनकर्मीहरु छन्, उनीहरुले पनि सास्ती खेपिरहेका छन् । उनीहरुको कमाइको आधा त प्रशासन र सुरक्षा निकायका मानिसहरुले खान्छन् होला ।

च्याप्प समायो लग्यो । रङ्गेहात समात्यौं भन्यो पैसा खायो । होटलवालाको पनि बेइज्जती, त्यहाँ काम गर्नेको पनि बेइज्जती, पक्राउ पर्ने पुरुषको पनि बेइज्जती, महिलाको पनि बेइज्जती । त्यस्तै पर्यो भने अर्काकी श्रीमती परिरहेकी हुन्छिन् । त्यसपछि घर परिवार सबै विखण्डन हुने भयो ।

अनि जत्ति भन्यो त्यत्ति पैसा दिएर उनीहरु निस्किन्छन् । यो अहिले दैनिकजसो भइरहेकै कुरा हो । यस्तो विकृति भइराख्नु भन्दा यसलाई व्यवस्थित गरौं भनेको हो मैले। थाइल्याण्डको त केही वर्ष अगाडिसम्म ३० प्रतिशत राष्ट्रिय आम्दानी सेक्स टुरिज्मबाट हुन्थ्यो। त्यसलाई उसले व्यवस्थित गर्यो। अहिले थाइल्याण्डको समाज राम्रो की हाम्रो समाज राम्रो ?

मुख्यमन्त्री सुब्बा यसरी नै अन्र्तवार्ता दिइरहेको हुन्नुहुन्छ । यसरी नै बहस गरिरहेको हुनुहुन्छ । धेरै युबटुबमा उहाँका यस्ता अन्र्तवार्ता हेर्न सकिन्छ । यसैले यति ठूलो पदले नै बोलेको कुरा भएकाले पोखरा वा गण्डकी प्रदेश भित्रको कुनै सहरमा चाँडै रेडलाईट एरिया अर्थात किनेर खुलेरै यौन सम्बन्ध राख्न पाउँने ठाँउ नबन्ला भन्न सकिन्न । मुख्यमन्त्रीको यो बिचार तपाईलाई कस्तो लाग्यो कमेण्टमा प्रतिक्रिया दिनुहोला ।