गुड्दा गुड्दै स्कुटरमा आगलागी

  • प्रकाशित मिति: सोमबार, चैत्र ११ २०७५
  • तामाकोशी

११ चैत, काठमाडौं । गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको छ । चन्द्रगिरि नगरपालिका- १२ चुनदेवी चोक नजिक भित्रि सडकमा गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका ट्राफिक प्रहरी जवना रमेश शर्माकाअनुसार साँझ बा ५१ प २९७८ नम्वरको स्कुटरमा आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको वताए । स्कुटर मुकेश चौधरीले चलाएका थिए । आगोका कारण मानविय क्षति नभएको महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ ।