होलीमा रमाईलो भन्दा विकृति धेरै-कलर छर्किने देखि खुकुरी र ढुंगा हानाहान(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ८ २०७५
  • तामाकोशी

८ चैत, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले बुधबार मनाइएको होली पर्वमा उछृंखल गतिविधि गरेको आरोपमा २६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती रंग दल्नेदेखि खुकुरी र ढुंगा हानाहान गर्नेसम्म छन् ।

बानेश्वरका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बानेश्वरको एक क्याफेमा बसेर झगडा गर्ने सौगात केसी र छत्र भण्डारीलाई पक्राउ गरिएको छ ।



उनीहरु दुवै सामान्य घाइते भएका थिए । प्रत्यक्षदर्शीले भने उनीहरुले खुकुरी हानाहान गरेको दाबी गरेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी काफ्ले बताउँछन् ।

होली मनाउने क्रममा मादक पदार्थ सेवन गरेर ढुंगा हानाहान गर्ने पनि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साइँला रावल र कपिलेश विष्ट छन् । छिटपुट सामान्य घटनाबाहेक बानेश्वर क्षेत्रमा शान्तिपूर्ण रुपमा होली सम्पन्न भएको डीएसपी काफ्लेको भनाइ छ ।अनलाइन खबरबाट साभार