फेरी डा. गोविन्द केसीले गरे यस्तो प्रस्ताब

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ८ २०७५
  • तामाकोशी

८ चैत, काठमाडौं । डा. गोविन्द केसीले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी उनले कलेजहरुले विद्यार्थीलाई ब्ल्याकमेलिङ गरेर ठगी गरिरहेको भन्दै सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका हुन् । उनले विद्यार्थीसँग लिइएको अतिरिक्त शुल्क तत्काल ब्याजसहित फिर्ता गर्न र पठनपाठन सञ्चालन गर्न पनि माग गरेका छन् ।