काठमाडौं-न्युज २४ टेलिभिजन बाट प्रसारित सिधा कुरा जनता सँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने विवादमा परेका छन् । प्रत्रकारितामा विवादित वनेका न्युज २४ का प्रस्तोता रवि लामिछाने उनले बोलेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । उनले व्यक्तिगत तवरमा निकृष्ट गालीगलाैज गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामिछानेमाथि कारबाहीको माग गरेका हुन ।
उनले फेसबुकमा लेखेका छन् “प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रवि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनेले आफूलाई कसरी स्पष्ट गर्छन् ? न्यूनतम मानवीय मर्यादा र सभ्यता विरुद्धको उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय बनाइयोस् ।
उनले पत्रकारिताको खोल ओढेर अरू कर्म वा कुकर्म नगरुन्।” वरिष्ठ उपाध्यक्ष बस्नेतले लामिछानेले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् भन्ने चेतावनी समेत दिएका छन । बस्नेतले प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ? भन्ने प्रश्न समेत गरेका छन ।