काठमाडौंबाट हिडेको टिपर दुर्घटना १ जनाको घटनास्थलमै मृत्यु ,एक घाइते

  • प्रकाशित मिति: आइतबार, चैत्र ३ २०७५
  • तामाकोशी

काठमाडौँ- आइतबार साँझ काभ्रेमा टिपर दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् । काठमाडौँबाट मेलम्ची तर्फ गैरहेको बा ५ ख ५७७१ नम्बर को टिपर दुर्घटना हुँदा टिपर चालकको घटनास्थलमै मृत्यु भएको हो।

मृतक चालकको परिचय खुल्न सकेको छैन् । दुर्घटनामा परी अर्को एक जना घाइते भएका छन् ।घाइतेको पनि परिचय खुल्न नसकेको बतायउको छ ।



टिपर सडकबाट करिब १०० मिटर तल खोलामा खसेको छ ड्रोजर प्रयोग गरेर प्रहरीले घाइते सहचालक र मृत चालकलाई घटनास्थलबाट निकालेको बताइएको छ।मृत चालक र घाइतेलाई प्रहरीले धुलिखेल अस्पताक पठाएको छ ।