श्रीमती सहित प्रचण्ड अमेरिका,खास कारण यस्तो पो रहेछ

  • प्रकाशित मिति: आइतबार, चैत्र ३ २०७५
  • तामाकोशी

काठमाडौं, ३ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् । श्रीमती सीता दाहालको उपचारका लागि उनी त्यसतर्फ गएका हुन् ।

आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक–पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताए ।
उनले ७ देखि १० दिनमा उपचार सकिने अनुमान गरेको बताए । यदि नसकिएमा सीतालाई छोरी गंगाको जिम्मामा छाडेर आफू स्वदेश फर्किने प्रचण्डले बताए ।