१२ बर्षिय बालिकामाथि यौन दुव्र्यवहार,को हुन् ति दानब व्यक्ति

  • प्रकाशित मिति: शनिबार, चैत्र २ २०७५
  • तामाकोशी

इलाम, २ चैत : सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिका आफ्नै घरमा बसिरहेका बेला पाठकले हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक चूडामणि पौडेलका अनुसार बालिका कराएपछि घरका अन्य सदस्यले जानकारी पाएका थिए । बालिकाका आफन्तको उजुरीपछि पाठकलाई शुक्रबार पक्राउ गरेर करणीअन्तर्गत दुव्र्यवहारमा मुद्दा दायर गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।