केराउ र चना खाँदा कति फाइदा ? जानिराखौं

  • प्रकाशित मिति: शनिबार, चैत्र २ २०७५
  • तामाकोशी

केराउ र चना खाँदा धेरै फाइदा छन् । चना तथा केराउमा हुने फाइबरले तौल घटाउन मद्धत गर्छ भने यसलाई शाहाकारीहरुको भोजनको रुपमा पनि लिइन्छ । अन्य फाइदाहरुः
1. चना तथा केराउमा हुने फाइबरको कारण तौल घटाउनको लागि महत्वपुर्ण मानिन्छ ।
2. चना तथा केराउमा हुने फाइबरको कारण अपच हुने समस्या कम हुन्छ । यसले स्वस्थ पाचन प्रणालीलाई विकास समेत गर्दछ ।
3. चना तथा केराउको प्रयोगले शक्ति बढ्छ भने प्रतिरक्षात्मक क्षमता पनि बढ्छ ।
4. चना तथा केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पत्ता हुने सम्भावना कम हुन्छ ।
5. महिलाहरुमा उत्पादन हुने विभिन्न प्रकारका हर्माेनलाई केराउ तथा चनाले नियमित बनाउँछ । हर्माेनको नियमितताले छातिको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
6. केराउ तथा चनाको प्रयोगले उच्च रक्तचापलाई केहि कम गर्छ भने रक्तचापलाई नियमित बनाउँछ ।
7. केराउ तथा चनाको प्रयोगले शरिरमा भएको चिनिको मात्रालाई सन्तुलनमा राख्दछ ।
8. चना तथा केराउको प्रयोगले स्वस्थ मुटु बनाउनको लागि अहम भुमिका खेल्दछ । साथै हृदयघात सम्बन्धि जटिलता कम गर्छ ।