ढकाल माथि कारबाही,खास कारण यस्तो पो रहेछ

  • प्रकाशित मिति: शुक्रबार, चैत्र १ २०७५
  • तामाकोशी

विहीबार सम्पन्न नारी समाज पोर्तुगलको कार्यसमितिको पूर्ण बैठकले समाजका उपाध्यक्ष निर्मला खराल ढकाललाई कारबाही गरेको छ । उनलाई समाजको ब्यानर प्रयोग गरी समानान्तर नारी समाज खोल्ने दुष्प्रयास गरेको, समाजप्रति भ्रामक प्रचारप्रसार गरेको आरोप लगाइएको छ ।

निर्मलालाई समाजको विधान २०१४ को दफा ६ को उपदफा २ बमोजिम विधानविपरित काम गरेको ठहर गर्दै अब दुई वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको कुरा एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ । विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :



कार्वाही गरिएको सम्बन्धमा !

नेपाली नारी समाज, पोर्चुगलको २०१७-२०१९ कार्यकालका लागी उपाध्यक्ष पदमा रहि एक कार्यकाल समेत सम्पन्न गरि सक्नु भएको निर्मला ढकाल खराल ज्यु ले ८ मार्च २०१९ का दिन शुक्रवार बसेको कार्यसमिति को पुर्ण बैठक मा पुर्व घोषणा गरिएको “१०९ औ अन्तरास्ट्रिय नारी दिवस र दोस्रो साधारण सभा” लाई ९ मार्च २०१९ मा सम्पन्न गर्ने कार्यक्रम सम्बन्धी सहमती जनाए अनुसार कार्यक्रमको तयारी गरिरहेका बेला कार्यसमिति लाइ कुनै जानकारी बिना त्यसै राती एकाएक आफ्नै सहमति बिपरित नेपाली नारी समाजको ब्यानर प्रयोग गरि दोस्रो अधिबेशन को संयोजक बनी प्रचारप्रसार गर्दै अर्को नारी समाज घोषणा गर्ने दुस्प्रयास गरी समाजमा नारी समाज प्रती लान्छना र भ्रामक समाचार प्रचार गर्नु भएको हुदा नेपाली नारी समाज, पोर्चुगल (NWS) विधान २०१४ को परिच्छेद ३, ६.२ अनुसार समाजको विधान बिपरित काम गरेको ठहर गरि आज १४ मार्च २०१९ का दिन बसेको कार्यसमितिको पुर्ण बैठक ले निज निर्मला ढकाल खराल ज्यु लाई आजको मिति देखि २ बर्ष सम्म समाजको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको सर्वसम्मत निर्णय गरिएको कुरा सम्पुर्ण लाई जानकारी गराउन चाहन्छौ ।

यस अघि समाजले प्रवासी नेपाली एकता मन्चको धम्कीपूर्ण प्रेस विज्ञप्ति आएको उल्लेख गर्दै घोर भ्रर्त्सना गरेको थियो । एक अनुरोध विज्ञप्तिमा बहस गर्न तयार रहेको हुँदा सम्पूर्ण सामाजिक संघ संस्थाहरु साथै पत्रकारहरुसँग छलफलको वातवरण मिलाइदिन अनुरोध गरेको थियो ।नमस्ते नेपालि अनलाईनबाट साभार,