काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । प्रियासी म्युजिक प्रा.लिको प्रस्तुति आधुनिक गित “गजल”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गणेश गन्धर्व र नबिन श्रेष्ठको लय तथा राजेन्द्र पुरीको शब्द सृजना रहेको उक्त गितमा प्रताव दास र प्रबिशा अधिकारिले सुमधुर स्वर दिनु भएको छ । बबिता श्रेष्ठले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई मुकेश हुमागाईले क्यामरामा कैद गरेका छन ।
राजेश कुमारले सम्पादन गरेको म्युजिक भिडियोमा अमन श्रेष्ठ र सभ्याता गिरिको अभिनय रहेको छ । यस गितलाई प्रियासी म्युजिक प्रा.लिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :