काठमाडौंको अनामनगरमा भेटियो शंकास्पद वस्तु

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २९ २०७५
  • तामाकोशी

२९ फागुन, काठमाडौं । काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु भेटिएको छ । कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख नायब उपरीक्षक (डीएसपी) काजी आचार्यले शंकास्पद वस्तु भेटिएको पुष्टि गरे । ‘अनामनगरबाट घट्टेकुलोतर्फ जाने बाटोमा शंकास्पद वस्तु भेटिएको सूचना आएको छ’, ‘हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेका छौं ।’



सेनाको टोली हाल घटनास्थलमा पुगिसकेको छैन । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिनको पूर्वसन्ध्यामा शंकास्पद वस्तु भेटिएको छ ।

समूहले कपिलवस्तुमा विप्लवको गाउँमा प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा खुट्टामा गोली हानेर कार्यकर्ता पक्राउ गरिएको विरुद्धमा बन्द आह्वान गरेको दाबी गरेको छ । समूहमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ ।अन्लाइन खबरबाट साभार