काठमाडौं । केही दिन अघि सरकारबाट नियुक्त भएका सामुदायिक विद्यालयका शिक्षकहरुको आन्दोलनका काठमाडौंमा भएको थियो । राहत र बालविकाश तर्फका शिक्षकहरुले आफूहरुलाई स्थायी गरिनुपर्ने लगायतका माग राखेर काठमाडौंमा आन्दोलन गरेका थिए । करिब ४० हजार राहत, ३६ हजार बालविकाश र अस्थायी शिक्षकहरुको जागिर जाने गरि सरकारले नियम ल्याएको भन्दै त्यसकाविरुद्ध सडकमा उत्रिएका शिक्षकहरुले आफूहरुलाई स्थायी गरिनु पर्ने माग राखेर माइतीघरमण्डलाबानट र्याली निकाल्दै गरेको प्रदर्शन नयाँ बानेश्वरतर्फ अघि बढेको थियो ।
जब प्रदर्शनकारी नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्यो, त्यसपछि प्रहरीले माइकिङ गर्दै उनीहरुलाई रोक्न खोज्यो । शिक्षकहरु नमानेपछि अश्रुग्याँस र पानीको फोहोराले उनीहरुलाई रोक्ने प्रयास गरिएको छ । थप यस भिडियोबाट