हेलिकप्टर दुर्घटना : मृतक रविन्द्र अधिकारीका आमाबुवाको यस्तो हालत पोखरामा ! अधुरै रहे देखेका सपना ,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २९ २०७५
  • तामाकोशी

यो जनप्रिय स्वर्गीय नेता रवीन्द्र अधिकारीको पोरखामा रहेको घर हो । घरमा एकाएक सन्नटा छाएको छ । उनको श्रद्धाञ्जलीको लागि राखिएका यी तस्वीरले सन्नाटालाई थप बलियो बनाईदिएको छ ।दर्शकविन्द हेनुहोस् त, श्रद्धाञ्जलीका शब्दसँगै कति हँसिलो मुद्रामा सजिएर बसेका छन् स्वर्गीय रवीन्द्र अधिकारी ।हेर्दैमा लाग्छ, के छ सन्चै हुनुहुन्छ ? भन्दै निकै फुर्तिलो पारामा उनले प्रश्न सोध्नेछन् । तर त्यो भ्रम मात्रै हुनेछ । उनी यहि फागुन १५ गते ताप्लेजुङमा निभेका छन् । अब उनको श्रद्धाञ्जलीको लागि बालिएको दीप मात्रै बल्नेछ ।

उनका महान् वाणी सदिऔ सम्म बलिरहनेछन् । उनले नेपाली राजनिति र बिकासमा दिएको योगदान बर्षौसम्म बल्नेछ । तर उनी हामी माझ हुने छैनन् । हो यहि वास्तविकता हो । यहि सत्य हो ।दर्शकविन्द नमस्कार अनि हार्दिक स्वागत छ । तपाईं अहिले अनलाईनटिभि नेपाल हेरिरहनुभएको छ । म किरण पौडेल पोखराबाट उपस्थित भएको छु । दर्शकबिन्द बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा बि.सं २०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस वडा नंं. ९ मा उनको जन्म भएको थियो ।



बुवा इन्द्र प्रसाद र आमा लक्ष्मीदेवी अहिलेसम्म अर्धचेत अवस्थामा छन् । स्वर्गीय रवीन्द्र अधिकारीकी श्रीमती बिद्यासँग कुराकानी गरेपछि हामीले बुबा इन्द्र प्रसाद र आमा लक्ष्मीदेवीसँग कुराकानी गर्ने प्रयास ग¥यौ । कुराकानीको सुरुवात गर्दैमा अप्ठ्यारो लागेको थियो । मन दरो पारेर कुराकानी जसोतसो सुरु भयो ।केहि समय उनिहरु बोले । तर बोल्दाबोल्दै बाक्य बस्यो । अनि त्यसपछि न हामीले प्रश्न सोध्न सक्यौ न त उनीहरु बोल्न । सन्नाटा माथी थप सन्नाटा छायो । र बिचमै कुराकानी रोकियो । जतिबेला बुवा इन्द्र प्रसाद र आमा लक्ष्मीदेवीको मात्रै नभएर आफन्त सबैको आँखा रसाएका थिए ।

दर्शकबिन्द अहिले तपाईं अनलाईटिभि नेपाल हेरिरहनुभएको छ । हजुरलाई स्वर्गीय नेता रवीन्द्र अधिकारी कस्तो लाग्थ्यो ? कृपया प्रतिकृया दिनुहोला । त्यसको लागि तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला । सबैलाई रुवाए रवीन्द्रका आमा बाबुले, छोरोको निधनपछि यस्तो हालतमा, अन्तरवार्ता बिचमै रोकियो
…हेर्नुहोस् भिडियो…