रामेछापमा भएको सवारी दुर्घटनामा वडा सदस्य गम्भिर घाइते

  • प्रकाशित मिति: आइतबार, फाल्गुन २६ २०७५
  • तामाकोशी

रामेछाप, फागुन २६ गते ।
रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ बान्द्रेमा सुमो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटर साइकलमा सवार दुई जना घाइते भएका छन् । आइतबार अपरान्ह मन्थलीबाट बाम्ती तर्फ जाँदै गरेको ना १ ज ४५४४ नम्बरको सुमो र विपरित दिशाबाट आइरहेको बा ७४ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा उनिहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

घाइते हुनेहरुमा मोटरसाइकलमा सवार मन्थली नगरपालिका–८ का वडा सदस्य कुमार ढुङ्गेल र खाँडादेबी गाउँपालिका–८ का पुर्ण बहादुर भण्डारी रहेका छन् । घाइते मध्ये पुर्ण बहादुर भण्डारी रामेछाप सामुदायिक अस्पतामा प्राथमिक उपचार गराइएको छ भने वडा सदस्य ढुङ्गेलको अवस्था गम्भिर रहेकाले थप उपचारको लागि काठमाण्डौको ग्राण्डी अस्पतालमा हेलिकप्टर मार्फत लगिएको प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिए ।



सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता अदालतले जानकारी दिए ।