रामेछापमा स्कार्पियो गाडी दुर्घटना ३ जना गम्भीर

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २२ २०७५
  • तामाकोशी

रामेछाप । फागुन २२ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ धमिनीछाप भन्ने ठाउँमा स्कार्पियो गाडी दुर्घटना हुदा ३ जना गम्भीर घाइते भएका छन् । बुधबार सदरमुकाम मन्थलीबाट रामेछापको हिमगंगा तर्फ जाँदै गरेको बा २० च ७२२७ नम्बरको स्कार्पियो गाडी दुर्घटना भएको वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए । घाइते हुनेमा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाकी मञ्जु मगर,गाडी धनी रत्न नेवार र सुर्य नेवार जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । घाइतेहरु तीनै जनालाई जिल्ला अस्पताल रामेछापमा उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत काठमाडौ लगिएको छ । गाडी अन्दाजी सडकदेखि ३० मिटर तल खसेको बताइएको छ ।