काठमाडौं-रुकुमका कृष्ण वलिको जीवनमा जे घट्यो, म मात्रै हैन सबै नेपाली रुनु हुनेछ । २१ बर्षका कृष्ण र २१ बर्षकै रुपाले अन्तरजातिय बिहे गरेको १ बर्ष पुरा भएकै दिनको भोलीपल्ट कृष्णलाई करेन्ट लागेर २ वटा हात र एउटा खुट्टा काट्नु पर्यो ।
सानैमा बाबाले छोडेका कृष्णको आमाले पनि अर्को पुरुषसँग घरजम गरिन्, मामाघरको हजुरआमाले नै उनलाई हुर्काए । कृपया सबैले सहयो गरौं । कृष्णको परिवार यतिबेला ३५ लाख भन्दा बढि ऋणमा डुबेको छ, मृत्युलाई जितेर बाँचेका कृष्णको उपचारमा ७० लाख भन्दा बढि खर्च भैसक्यो । २१बर्षकी रुपालाई आफन्तले नै अब श्रीमान् छोड्दे किन यस्तोसँग बस्छेस भन्छन् !
यदि उनले समयमा नै हाम्रो साथ र माया पाएको भए साहेद आज उनले २ हात र १ खुट्टा भने गुमाउने थिएनन होला । उनि अहिले देश विदेशमा रहनु भएको सम्पूर्ण नेपाली सहयोग भने पाइरहेको छन । उनलाइ यो गुमाउनु भन्दा पनि अहिले सबैको साथ र माया देखेर उनि आफै भनेका छन् मेरो दुइ हात खुट्टा अझै नि सहकुशल भएको अनुभब भने गरेका छन् ।
तपाईको माया र साथले दुई हप्ताअघि म एक्लोले चालेको कृष्ण वलि सहयोग अभियान अहिले बिश्वव्यापी बनिसक्यो । निकै नै गदगद छु । यो एकहप्ता कृष्णका लागि सहयोग जुटाएरै बिते । अन्य भिडियो युटुबमा अप्लोड गन सकिन त्यसको लागि माफी चाहन्छु ।
काठमाडौं तपाईहरुको साथ र सहयोग अझै रहिरहे आफ्नो हात र खुट्टा जोडिने लगभग पक्का भईरहंदा कृष्ण वलिले मलाई भने -दाई, हात खुट्टा जोडिएपछि पहिला त तपाईको भिडियोमा सबैले देख्ने गरी नाच्छु । सबैको सहयोगले आफुले पाएको नयां जिन्दगीमा कृष्ण सामाजिक अभियन्ताको रुपमा उदाउन चाहन्छन् । आफ्नो जस्तो पिडा कसैले भोग्नु नपरोस..हात खुट्टा जोडिएपछि सबैलाई करेन्ट सम्बन्धी जनचेतना फैलाउन चाहन्छन् ।
तपाई सबै देश तथा बिदेशबाट सहयोग गर्ने सबैले सय हजार गरी पठाउनु भएको सहयोग रकम लिएर फेरी पनि कृष्णको घर पुगें । यसपाली सहयोग रकम उठ्यो, ९ लाख ९० हजार १० रुपैंया, त्यसमा हाम्रो अघिल्लो भिडियोको ९ हजार ९ सय ९० हाम्रो तर्फबाट दिदै कृष्णका लागि १० लाख सहयोग रकम बुझाएं ।
कृष्ण वलिको पहिलो भिडियोको याद ताजै छ। रुपा धेरै रोएकी थिईन् । कृष्णले आफ्नो आंशु लुकाए भक्कानिएका थिए, अनि हजुरआमा पनि रुनु भएको थियो । तर हामी मिडियामा कोहि दुखी, पिडत र समस्यामा परेकाको सारथी बन्ने सके दुई हप्तामै यस्तो परिवर्तन आउने रहेछ । यो अर्को उदाहरण बन्यो अहिले कृष्णको परिवार सबैको साथले कृष्णको हात र खुट्टा जोडिनेमा ढुक्क छन् अनि खुशी छन् ।
कृष्ण रुपा र आमाको नछुने कुरा मात्रै हैन यो भिडियो भित्र रमाईली हजुरआमाको ढटेयौली कुरा पनि छन् ।यो भिडियोलाई पुरा हेर्नुहोला । हामीलाई हौसला दिन सबैले भिडियो लाईक गर्नुहोला । कृष्णको लागि अझै सहयोग रकमको खांचो छ, सक्नेले सहयोग गरौं, सक्नुहुन्न भिडियोलाई सबैले सेयर गरौं ।
जब गरिब, दुखी र समस्यामा परेको व्यक्ति देख्छु, आमाको त्यहि भनाईलाई सम्झन्छु । अघिल्लो भिडियोमा रुकुमका कृष्ण वलिको कथा सुनेर र व्यथा बुझेर धेरैले म निकै रोएं भनेर फोन गर्नुभयो । २१ बर्षे कृष्णको जीवनमा परेको बज्रपात, त्यसमा २१ बर्षकै कृष्णकी श्रीमती रुपाको अटुट साथ र तपाईको बोलीले धुरुक्कै रुवायो भनेर धेरैले भन्ुभयो कतिले त रुदै फोन गर्नुभयो ।