रामेछाप । फागुन २१ गते,
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा गाउँपालिका स्तरीय साँझेदारी मञ्च गठनको बारेमा सरोकारवालाबिच मंगलबार छलफल भएको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काको अध्यक्षतामा भएको छलफलमा गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, विभिन्न वडाका वडा अध्यक्ष र पालिका सदस्यहरुकोे सहभागिता रहेको थियो ।
युएसएडको आर्थिक सहयोगमा एफएच आई ३६० र हुराडेक दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजना अन्तरगत कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले आवश्यकताका आधारमा घनिभूत छलफल गरी निर्वाचित जनप्रतिनिधि, पालिका स्थित सरकारी कार्यालयका प्रमुखहरु , तथा नागरिक समाजका अगुवाहरुको सहभागितामा गाउँपालिका स्तरका समस्या पहिचान र समाधानका लागि साँझेदारी मञ्च गठनको प्रक्रिया अगाडि बढाइने बताए । गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल र विभिन्न वडाका वडा अध्यक्षहरु स्थानीय स्तरका विभिन्न बिषयमा नागरिकसंग छलफल गरी सुझाव लिनका लागि साँझेदारी मञ्च आवश्यक रहेको बताए । साझेदारी मञ्च गठनको औचित्यका बारेमा हुराडेक दोलखाका कार्यक्रम संयोजक नवराज पथिकले प्रकाश पारेका थिए ।
लिखुतामाकोशी गाउँपालिकामा साँझेदारी मञ्च गठन बारे सरोकारवालाबिच छलफल
- प्रकाशित मिति: मंगलबार, फाल्गुन २१ २०७५
- तामाकोशी