पशुपतिनाथले हामि सवैको रक्षा गरुन ! सुत्नुभन्दा अगाडी दर्शन गरि ,हेर्नुहोस भोलिको राशिफल – के लेखिएको छ तपाईको भाग्यमा

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २० २०७५
  • तामाकोशी

भोली मिति २०७५ फाल्गुन २१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ मार्च ०५ तारिख,फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथी रहेको छ । राशि सुरु गर्नुभन्दा पहिले भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमला वा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ ।धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ ।पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

ज्योतिष शास्त्र जसलाई [ भबिष्य बताउने कला ] पनि भनिन्छ। यो विज्ञान 12 राशी, 27 नक्षत्र, 16 तिथी र 9 ग्रहमा आधारित छ। ज्योतिष शास्त्रका वास्तु शास्त्र, सामुन्द्रीक शास्त्र लगायत बिभिन्न भागहरू छन्।यो शास्त्र विद्या कहिलेबाट चलि आएको हो भन्ने कोही ठोस प्रमाण त रहेको छैन तर पनि यो विश्वको सबै भन्दा पुरानो [ विज्ञानले अहिले सम्म सहित साबित गर्न सकेको छैन] गरेको शास्त्र हो। ज्योतिष शास्त्रमा राशि हरु १२ प्रकारका छन १ मेष २ व्रिष ३ मिथुन ४ कर्क ५ सिंह ६ कन्या ७ तुला ८ बिश्चिक ९ धनु १० मकर लागि जन् चाहा छु ।

ज्योतिष शास्त्रमा जम्म २७ नक्षत्रहरु छन र हाम्रो नेपालमा जन्मेका बच्चाहरु को जति पनि नाम राखिन्छ त्यो यिनै नक्षत्रको चरणका आधारमा राखिन्छ र राशि जुन १२ प्रकार्का छन ति यिनै नक्षत्रहरुको संयोग ले बनिएका हुन्छन. १ अश्वनि _चरणहरु _१ चु_२ चे चो ला २ भरणि चरणहरु लि लु ले लो ३ क्रितिका चरणहरु अ ई उ ए ४ रोहिणि चरणहरु ओ वा वी वू ५ म्रिगशिरा चरणहरु वे वो का कि ६ आद्रा चरणहरु कु घ ०५ छ ७ पुनर्वशु चरणहरु के को हा ही ८ पुश्य चरणहरु हु हे हो डा ९ अश्लेशा चरणहरु डि डु डे डो १० मघा चरणहरु मा मी मु मे ११ पुर्वफ़ाळ्गुनि चरणहरु मो टा टि टु १२ उत्तरा फ़ाल्गुनि चरणहरु टे टो पा पी १३ हस्त चरणहरु पु ष ण ठ १४ चित्रा चरणहरु पे पो रा ी १५ स्वाति चरणहरु रु रे रो ता १६ बिशखा चरणहरु ति तु ते तो १७ अनुराधा चरणहरु ना नि नु ने १८ ज्येश्ठा चरणहरु नो या यी यु १९ मूल चरणहरु ये यो भा भी २० पुर्वाषाढा चरणहरु भु धा फ़ा ढा २१ उत्त्राषाढा चरणहरु भे भो जा जी २२ श्रवण चरणहरु खि खु खे खो २३ धनिशठा चरणहरु गा गि गु गे २४ शतभिशा चरणहरु गो शा सि सु २५ पुर्व भाद्रपद चरणहरु से सो दा दी २६ उत्तरा भाद्रपद चरणहरु दु थ झ ०५ २७ रेवति चरणहरु दे दो चा ची यि २७ नछ्त्रका पनि आफ़्ना स्वरुप छन त्यसको बारेमा बिस्त्रीत अध्यन आगामि दिनमा सम्पादन गर्दै लानेछु ।