काठमाडौं-आज हिन्दु नेपालीहरुले विशेष रुपमा महाशिवरात्री पर्व मनाएका छन् । आज देशका विभिन्न शीवालयहरुमा शीव भक्तहरुको भिड लागेको छ । नेपालभर धुमधामले यो पर्व मनाइदैछ । नेपाली कलाकारले पनि शिवरात्रीलाई विशेष रुपमा मनाउने गरेका छन् । तर, नायक राजेश हमाल भने शिवरात्रीमा आफै महादेव बन्नु भएको छ ।
हामी सबैंलाई थाहा छ, नायक राजेश हमालको बिषयमा थुप्रै जोक्सहरु बन्ने गरेका छन् । आफ्ना बारेमा बन्ने ट्रोलमा हमाल आफै पनि रमाइरहेका हुन्छन् । यसैविच, शिवरात्री पर्वको अवसर पारेर केही फ्यानले उनलाई महादेव नै बनाइदिएका छन् । हमाल आफैले तस्बिर अपलोड गर्दै शिवरात्रीको शुभकामना दिनु भएको छ । नायक राजेश हमाल अहिले चलचित्रमा भन्दा रियालिटी शोमा व्यस्त हुनुहुन्छ ।