हेलिकोप्टर दुर्घटना ४ जनाको मृत्यु !

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २० २०७५
  • तामाकोशी

काठमाडौं – हेलिकोप्टर दुर्घटनामा चार जनाको ज्यान गएको छ । केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे भएको उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो । दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो । एजेन्सी