रामेछाप । फागुन १८ गते,कैलाश खत्री,
रामेछापको सदमुकाम मन्थलीमा समावेशी लोकतन्त्रको आधार पूर्ण समावेशी सञ्चार भन्ने मूल नाराका साथ नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको भेला शनिवार सम्पन्न भएको छ । फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ ३ नं प्रदेश कमिटीका सदस्य बद्री नयाँघरे रहेका थिए ।
जिल्ला भेलालाई नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, पूर्वअध्यक्षहरु नवराज पथिक,हिमाल ढुंगेल लगायत प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष युनिक विफा घिसिङ,प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारी,प्रेस सेन्टरका अध्यक्ष सुमित श्रेष्ठ, लगायतले सम्बोधन गर्दै शुभकामना दिएका थिए ।
अतिथि वक्ताहरुले जिल्लाको पत्रकारीता क्षेत्रलाई व्यवस्थित बनाउने भुमिका खेल्न फोनिज रामेछापलाई आग्रह गरेका थिए । समावेशी लोकतन्त्रले बहुल विचारलाई स्थान दिएको बताएका थिए । जिल्लामा सञ्चारमाध्यमको संख्या बढेसंगै अब स्तरीय प्रकाशन तथा प्रशारणलाई ध्यान दिनुपर्ने विचार व्यक्त गरे । सो जिल्ला भेलाले आगामी चैत्र महिनाको १ र २ गते नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा हुने ३ नं प्रदेशको महाधिवेशनमा सहभागी हुने ४ जना प्रतिनिधि र १ जना परिवेक्षक छनौट गरेको छ । जिल्ला अध्यक्ष नवराज श्रेष्ठ सहित प्रतिनिधिहरुमा युवराज श्रेष्ठ, सम्झना श्रेष्ठ,तिर्थमाया तामाङ, र अनिता थापा मगर रहेका छन् भने परिवेक्षकमा स्वतन्त्र मोक्तान रहेका छन् ।
फोनिज रामेछापको जिल्ला भेला सम्पन्न, प्रदेश महाधिवेशनका लागि प्रतिनिधि छनौट
- प्रकाशित मिति: शनिबार, फाल्गुन १८ २०७५
- तामाकोशी