विपद व्यवस्थापनको विषयमा सरोकारवाला बिच छलफल

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन १७ २०७५
  • तामाकोशी

रामेछाप । फागुन १७ गते,
सामुदायीक प्रकोप विपद व्यवस्थापन सञ्जालका प्रतिनिधिहरुको लागि आयोजित एकदिने छलफल कार्यक्रम शुक्रबार मन्थलीमा सम्पन्न भएको छ । सामुदायीक जनशक्ति विकास कार्यक्रम गोल्माटारको आयोजना र पहाडी समाज कल्याण केन्द्र दोरम्बा तथा सामुदायिक प्रकोप व्यवस्थापन समिति जिल्ला सञ्जाल रामेछापको समन्वयमा कार्यक्रम भएको हो ।
जिल्लाको रामपुर, भिरपानी, हिमगंगा र बिजुलीकोटका विपद व्यवस्थापनसंग सम्बन्धित व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सो कार्यक्रमा जुनसुकै बेला आउने प्राकृतिक विपदलाई समाधान गर्न अपनाउनु पर्ने विधिका बारेमा छलफल भएको थियो । कार्यक्रममा सामुदायिक विपद व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ प्रशाद कुर्मी, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा लक्ष्मण भुजेल, गैसस माहासंघका जिल्ला अध्यक्ष भूवन कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ, सवलका जिल्ला परियोजना प्रमुख दीलबहादुर नेपाली, पहाडी समाज कल्याण केन्द्र रामेछापका अध्यक्ष रत्न कँडेल लगायतको सहभागित रहेको थियो ।