तामाकोसी अनलाइन डटकम तेस्रो बर्षमा प्रवेश, अनलाइनलाई अझ सशक्त बनाइने

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन १७ २०७५
  • तामाकोशी

रामेछाप, फागुन १७ गते ।
सरगम मिडिया प्रा.लि. द्धारा सञ्चालित तामाकोसी अनलाइन डटकम शुक्रबारबाट तेस्रो बर्षमा प्रवेश गरेको छ । तामाकोसी अनलाइन डटकम वि.स. २०७३ साल फागुन महिनाको १७ गते देखि औपचारिक रुपमा सञ्चालनमा आएको अनलाइन हो ।

करिब २ वर्ष अगाडी रामेछाप जिल्लाको मन्थलीमा एक कार्यक्रमका बिच राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सो अनलाइनको औपचारिक उदुघाटन गर्नु भएको थियो । दुई बर्ष पुरा गरी तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार रामेछापको मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सरगम मिडिया प्रालिका अध्यक्ष पुरुषोत्तम कडरियाले अनलाइनलाई अझ सशक्त ढंगले सञ्चालन गरिने बताए । उनले तामाकोसी अनलाइन डटकम लाई प्रविधियुक्त बनाउदै सूचना र सञ्चार क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाहा गर्न सक्ने खालका नमुना अनलाइनको रुपमा विकास गरिने बताएका छन् । सत्य ,तथ्य र निश्पक्ष खबर सम्प्रेशन गरी नागरिकलाई शुसुचित गरी जिम्मेवार निकायलाई जवाफदेहिता बनाउनका लागि तामाकोसी अनलाइन डटकमले रोल खेल्ने अध्यक्ष कडरियाको भनाई छ ।



वि.स. २०७३ सालमा प्रेस काउन्सिल र सुचना विभागमा विधिवत दर्ता भै सञ्चालित  तामाकोसी अनलाइनले काठमान्डौ र रामेछापको मन्थलीमा कार्यालय खोली  स्थानीय समाचारहरुलाई प्राथमिकता दिई राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय, कृषि, खेलकुद तथा लोक सेवा आयोगको विविध पक्षहरुको समाचारहरु प्रकाशन गर्दै आएको छ ।