रवि लामिछाने आफै रोए लाईभ स्टुडियोमा ,खास कारण यस्तो पो रहेछ

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १६ २०७५
  • तामाकोशी

नेपाली राजनीतिले एउटा आशालाग्दा राजनीतिज्ञलाई गुमाएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा प-यो । मृत्युपछि मात्र मानिसको महत्व दर्शाउने संस्कारले हामीलाई छोडेको त छैन । तर रवीन्द्र अधिकारी अपवाद थिए ।उनीसँग केही गुनासो जरुर थियो । वाइडबडी खरिदमा घोटाला भएको बिषयमा उनलाई लक्षित गरी सीधाकुरा गरेकै हो । यसमा २ जिब्रे हुने कुरै छैन । तर पर्यटन तथा उड्यन क्षेत्रमा रवीन्द्र अधिकारीको जस्तो स्पिडमा आजसम्म कसैले काम गरेको सम्झना छैन ।

शोकको यो बेलामा हिसाब माग्नु त अमानविय नै हुन्छ तर यही बहानामा धेरै जना उम्कन सक्छन् ।सच्चा श्रद्धाञ्जली दिने हो सरकारले भने रवीन्द्र अधिकारीको बरखी नसकिदै वाइडबडी प्रकरणको नालीबेली निकाल्नुपर्छ । दोषीहरु जेल जानै पर्छ । रवीन्द्र अधिकारी प्रतिको साँचो श्रदाञ्जली यो भन्दा ठूलो अर्को केही हुँदैन ।हामीले सदैब बिर्सने एउटा जबरदस्त सत्य चाँही यही हो कि हामी एक दिन मर्छाैं । अजम्बरी कोही जन्मेको छैन । न आत्तिनुस जीवन र जगतका गहकिला र अध्यात्मका गह्रुङगो बिषयमा बोल्ने ज्ञान, अनुभव र क्षमता म राख्नि तर हो, एक दिन तपाई म सबै मर्छांै नै मर्छौं ।



मानिसको मृत्यु हुँदा, कसैको मलामीमा सामेल हुँदा आर्यघाटमा शब जलेको हेर्दा, वा गाडेको देख्दा मात्र हामी सबैलाई यो सत्यले सोचमग्न पार्छ ।आ–आफ्ना क्षमता अनुसारका गच्छे अनुसारको शब्द र वाक्यहरुमा हामी मान्छेको जीन्दगी के छ र भन्छाैं । मरेर लानु के छ र भन्छौ । तर त्यो सोच लामो समय टिक्दैन । फेरी त्यस्तै सोच आउन फेरी हामी मलामी गएको हुनुपर्छ वा आर्यघाट वा नदि किनारमा अर्को कुनै आफन्तको शब जलेको दृश्य हेर्नुपर्छ । जलिरहेको वा गाड्न लागिएको शबमा आफूलाई देख्ने बस त्यत्ती एकै छिन त हो ।

त्यत्ति एकै छिन भन्छौ, आखिर अन्त्यमा आउने यही हो, मरेर लानु के छ र । तर केही व्यक्तिहरु कहिल्यै मर्नू पर्दैन जसरी अरुलाई ठगेर, लुटेर, मारेर, छलेर धन कमाउने सोख राख्दछन् । जीवनको यो यथार्थ यति सतही छैन, विशाल छ, अथाह छ । भन्न जान्नेले यसैमा आजीवन प्रवचन सुनाएर खान्छ, लेख्न जान्नेले यसैमा कयौं कृति निकालेर खान्छ तर भन्न लेख्न जान्ने होस् न जान्ने होस् । लान चाँही कसैले केही लान्नन् । मर्नु भन्दा एक छिन् अगाडि बैंकमा जति पैसा भएपनि के फरक पर्छ ?भोली विहान रवीन्द्र अधिकारीको पार्थिव शरीरमा श्रद्धाको फुल चडाउन आउनेको घुँइचो हुन्छ ।

अधिकांश राजनीतिज्ञहरु नै होलान् । श्रद्धाको अन्तिम फूल चडाउनेहरु मध्ये कोही कोही यो देशलाई लुटेर यस देशका गरीब जनताको मतको दुरुपयोग गरेर अकुत अकुत कमाएकाहरु हुनेछन् ।निन्याउरो अनुहार,झुकेको शिर भित्र भ्रष्ट मानिस फूल लिएर उभिएको प्रष्ट नदेखिन पनि सक्छ । तर मेरो अनुरोध छ, विषेश गरेर ती नेताहरुलाई जो चाहेको खण्डमा यो मुलुकलाई रातरात सुधार गरी परिर्वतन गर्न सक्ने क्षमता राख्दछन् । सोच्नुहोस्, घोत्लिनुहोस्, मन्त्री भएको एक वर्षमा रवीन्द्र अधिकारीले गरेका राम्रा कामको लिष्ट यति लामो छ भने यतिका वर्ष मन्त्री भएर, प्रधानमन्त्री भएर, केन्द्रीय राजनीतिका वरपर रहेर मैले यो मुलुकलाई के दिए ?

सायद मैले यो देशका युवालाई देश छोड्न बाध्य पारे तर आफ्ना सन्तानलाई विदेशमा पढ्न पठाए । सायद मैले मौका पाउँदा ठेक्का पट्टा मिलाइदिएर करोडाँै कमाए । मैले क्षमतावान मानिसलाई पन्छाएर, आफन्त र आसे–पासेलाई जागिर लगाए ।मैले जिवनभर राजनीति गरेर आँफू मात्र बन्ने काम गरे, यो देश र यस देशका जनताका लागि उलेख्य केही गरिन । यो देशका हर राजनीतिज्ञले भोलि रवीन्द्र अधिकारीलाई श्रद्धाको अन्तिम फूल चडाउदाँ यति सोच्न सक्लान ?मर्नू त सबैले छ तर अमर रहन त यो देशलाई केही दिएकै हुनुपर्छ ।

रवीन्द्र अधिकारी अमर भए भएनन् त्यो हिसाब इतिहासले भावी पुस्ताका लागि सुरक्षीत राख्ला तर उनी भन्दा महत्वपूर्ण स्थानमा बसेर राजनीति गरिरहेका धेरै जनाले, भो अब मेरा लागि पुग्यो बाँकी जीवन यो देशका लागि भनेर समर्पित हुने प्रण गरे भने रवीन्द्र अधिकारीको आत्माले चिर शान्ती पाउँछ ।उहाँ यस्तो हुनुहन्थ्यो र उस्तो हुनुहुन्थ्यो भनेर रेडिमेड भाषण र निन्याउरो अनुहार लगाएर हुँदैन । सहयोगीले किनेर ल्यादिएको फूल चडाएर पुग्दैन । गौतम बुद्ध विमानस्थल फटाफट बन्नुप-यो, भैरहवा, पोखरा र निजगढ अन्तराष्ट्रिय विमानस्थल दिन दुई गुना, रात चौगुनामा काम गरेर सक्नु प-यो ।

त्रिभुवन विमानस्थलको स्तर उन्नति सुपर–डुपर फाष्ट हुनुप-यो र २०२० को नेपाल भ्रमण वर्ष रविन्द्र अधिकारीले राखेको टार्गेट भन्दा बढी पर्यटक आएर भव्य हुनु प-यो । केहीले त हिजो हेलिकप्टर हराउने वित्तिकै मन्त्री बन्न मुख मिठ्याए पनि होलान तर अब बन्ने पर्यटन मन्त्रीको कार्य योजना पूरै व्यवस्थित होस र कार्यशैली पूरै आक्रमक होस् ।नेपाली राजनीतिमा विरलै पाइने क्षमतावान राजनीतिज्ञ रवीन्द्र अधिकारी लगायत दुर्घटनामा परी दुखद मृत्यु भएका सातै जनाप्रति हार्दिक श्रद्धाञ्जली । सबैका परिवारलाई यो पीडा सहन सक्ने शक्ति मिलोस् ।