मनकामना माईको गर्नुहोस दर्शन ! सवैको रक्षा गरुन – हेर्नुहोस आजको राशिफल,के लेखिएको छ तपाईको भाग्यमा

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १६ २०७५
  • तामाकोशी

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमादित्य सम्वत २०७५ साल फाल्गुन १७ गते शुक्रबार नेपाल सम्बत ११३९ सिल्लागा तदनुसार सन् २०१९ मार्च १ तारिक कृष्णपक्ष दशमी तिथि विहान ११ वजेर २९ मिनेटसम्म उप्रान्त एकादशी तिथि,पूर्वषाढा नक्षत्र अहोरात्र,सिद्धि योग,भद्रा करण,आनन्दादियोग प्रवद्र्ध,सूर्य कुम्भ राशीमा, चन्द्रमा धनु राशीमा । योगिनी विहान ११ वजेर २९ मिनेटसम्म उत्तर उप्रान्त आग्नेय दिशामा,काल राहु आग्नेय र पाश वायव्य दिशामा एवं चन्द्रमा पूर्व दिशामा दिनभर भ्रमण गर्ने छन् ।



मुहूर्त
राहुकालः–अशुभ विहान १० वजेर ५० मिनेटबाट मध्यान्ह १२ वजेर १७ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह ३ वजेर ९ मिनेटबाट ४ वजेर ३६ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ७ वजेर ५७ मिनेटबाट ९ वजेर २३ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर ४९ मिनेटबाट ९ वजेर ३५ मिनेटसम्म र मध्यान्ह १२ वजेर ३९ मिनेटबाट अपरान्ह १ वजेर २६ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५३ मिनेटबाट मध्यान्ह १२ वजेर ३९ मिनेटसम्म रहनेछ ।

दिनबार बेला
सूर्योदयबाट प्रातः ७ वजेर ५७ मिनेटसम्म चर वेला,७ वजेर ५७ मिनेटबाट ९ वजेर २४ मिनेटसम्म लाभ वेला,९ वजेर २४ मिनेटबाट १० वजेर ५० मिनेटसम्म अमृत वेला,१० वजेर ५० मिनेटबाट १२ वजेर १७ मिनेटसम्म काल वेला,१२ वजेर १७ मिनेटबाट १ वजेर ४३ मिनेटसम्म शुभ वेला,१ वजेर ४३ मिनेटबाट ३ वजेर १० मिनेटसम्म रोग वेला,३ वजेर १० मिनेटबाट ४ वजेर ३६ मिनेटसम्म उद्वेग वेला र ४ वजेर ३६ मिनेटबाट सूर्यास्तसम्म चर वेला रहनेछ ।

रात्रीबार बेला
सूर्यास्तबाट ७ वजेर ३६ मिनेटसम्म रोग वेला,७ वजेर ३६ मिनेटबाट ९ वजेर १० मिनेटसम्म काल वेला,९ वजेर १० मिनेटबाट १० वजेर ४३ मिनेटसम्म लाभ वेला,१० वजेर ४३ मिनेटबाट १२ वजेर १७ मिनेटसम्म उद्वेग वेला,१२ वजेर १७ मिनेटबाट १ वजेर ५० मिनेटसम्म शुभ वेला,१ वजेर ५० मिनेटबाट ३ वजेर २४ मिनेटसम्म अमृत वेला,३ वजेर २४ मिनेटबाट ४ वजेर ५७ मिनेटसम्म चर र ४ वजेर ५७ मिनेटबाट सूर्योदयसम्म रोग वेला रहनेछ ।

मेषः– समय सुधारोन्मुख देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । पुराना समस्या विस्तारै समाधान हुनेछन् । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । फलदायी यात्राको सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछ ।

वृषः– सयम प्रतिकुल देखिन्छ कुनै क्षेत्रमा पनि हेलचक्र्याई नगर्नु होला । काम गर्ने वातावरण विग्रिनेछ । आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झन्झटमा परिन सक्छ सजग भएर काम गर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विश्वास गरेकाले धोका दिनसक्छन् । आशा निरासामा परिणत हुनेछ ।

मिथुनः– ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । पारिवारिक समस्या टरेर जानेछन् । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । जीवन साथीको सहयोग पाईनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अरुको पूर्ण भरोसामा भने काम नगर्नु होला ।

कर्कटः– दिन संघर्षमा वित्नेछ । सहज रुपमा काम गर्न पाईने छैन । बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन । ऋण बढ्न सक्छ । रोग,शोक र भयले सताउनेछ । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । उपलब्धि पनि राम्रै हात लाग्नेछ । गोपनियता अप्नाउनु होला ।

सिंहः– समयमा निर्णय लिन सकिएन भने आएको अवसर पनि गुम्न सक्छ होशियार रहनु होला । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । अरुको भर परेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ । जोखिम पूर्णयात्रा नगर्नु होला ।

कन्याः– अनुकुल बातावरणमा काम गर्न पाईने छैन । देखिएका सम्भावना क्षीण भएर जानेछन् । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि होलान् । आलोचना सुन्नु पर्ला ।

तुलाः–सामान्यतया दिन अनुकुल देखिन्छ । आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । आफ्नो काममा अरुको मुख ताक्नु पर्ने छैन । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । बाणिज्य क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साथी भाई ईष्टमित्रको सहयोग मिल्नेछ ।

वृश्चिकः– सफलता असफलता तपाई आफ्नै हातमा रहनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर पनि काम नगर्नु होला आफैलाई घाटा हुनेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ ।

धनुः– समग्रमा दिन अनुकुल देखिन्छ । विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ ।

मकरः– दिन प्रतिकुल रहेकोछ नयाँ काममा लगानी नबढाउनु होला । अरुलाई झट्ट विश्वास पनि नगर्नु होला धोका हुनेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

कुम्भः–दिन उत्तम भन्दा बढि हुने छैन । हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधी कमजोर हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । लाभान्वित पनि हुनुहुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तबाट सहयोग सामान्य खालको मिल्नेछ । आर्थिक कारोवारमा भने सतर्क रहनुहोला । मांगलिक काममा सहभागिता भईनेछ ।

मिनः– दिन राम्रै रहला । कुटनैतिक विधि अप्नाएर काम गर्नु होला । उपलब्धि मुलक काम हुनेछन् । आफुले गरेका काम अरुका लागि उदाहरणीय हुनसक्छन् । आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अवरुद्ध काम धेरै जसो फस्र्योट हुनेछन् ।