कसरी विश्वास गरौं बाबु तिमी छैनौ …मन्त्रि रविन्द्रको मृत्युको खबर पछि सम्हालिन सकेनन् बुवा इन्द्र अधिकारि

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १५ २०७५
  • तामाकोशी

नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ । काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) दुई वटा शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याई अन्य शव लिन घटनास्थलतर्फ गएको छ । सबै शव सुकेटार ल्याइएपछि सो हेलिकप्टर काठमाडौँ फर्कनेछ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवाआमा हेलिकप्टरबाट काठमाडौं आएका छन्। छोरा अधिकारीको मृत्युपछि पोखरामा रहेका बुवा ईन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको हेलिकप्टरमा काठमाडौं आएका हुन्।



मन्त्री अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको खबर बुधवार दिउँसो एकछिनमै देशभर फैलियो । बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी पोखरा मालेपाटनस्थित निवासमै थिए । मन्त्री अधिकारीको निधन भएको खबरलगत्तै नेकपाका युवा नेता एवं प्रदेश सांसद् राजीव पहारीसहितको टोली अधिकारी निवासमा पुग्यो ।ताजा खबरबाट साभार