अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिदै भनिन ! राजदूत हुन केपी ओलीलाई तीन करोड बुझाएको हु

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन १४ २०७५
  • तामाकोशी

काठमाडौ। मानव तस्करीको आरोप लागेर विवादमा परेकी अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । परराष्ट्र मन्त्रालयले गरेको छानबिनका आधारमा सरकारले शेर्पालाई राजीनामा दिन दबाब दिएको थियो । यसै क्रममा शेर्पाले मंगलवार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएको स्रोतले जानकारी दियो ।

मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेको थियो । उनको लिखित जवाफ चित्त नबुझे पछि परराष्ट्रले छानबिन समितिनै बनाएको थियो ।



शेर्पा माथि उनकै पूर्वसहयोगी तथा सवारी चालक वाङ्छु शेर्पाले श्रम शोषण र मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए ।सोलुखुम्बुका वाङ्छुलाई शेर्पाले नै सहयोगीका रूपमा अस्ट्रेलिया लगेको भएपनि पछि उनैले शेर्पाको कर्तुत पर्दाफास गरि दिएका थिए ।

वाङ्छुले राजदूतको सहयोगी बन्न आफूले ३३ लाख रुपैयाँ बुझाएको दाबी समेत गरेका छन्। लक्कीले राजदुत बन्न तीन करोड केपी ओलीलाई बुझाएको निकटवर्ती संग बताउने गरेकी छिन्।nepaaltalk बाट साभार