भरतपुरबाट आयो सनसनी खबर ! मेयर रेणु दहालमाथि उनकै उपमेयरको गम्भीर आरोप (भिडियोसहित)

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन १४ २०७५
  • तामाकोशी

काठमाडौं । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले मेयर रेणु दहालमाथि गम्भीर आरोप लगाएकी छन्। उनले चुनावमा रेणुलाई सहयोग गरेर आफ्नै खुट्टामा बन्चरो हानेको बताएकी छिन् ।

मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा उनले महानगरपालिकाकी मेयर दाहालले एकलौटी पेलेर जाने नीति लिएको दुखेसो पोखिन्। सँगै मिलेर चुनावबाट विजयी भएको कुरा बिर्सेर दाहालले नेपाली कांग्रेसलाई पेल्ने र नेकपाको एकलौटी निर्णयहरू लाद्ने गरेको आरोप लगाइन् ।



मेयर दाहालले आर्थिक अनियमितता गरेको समेत उनले खुलाएकी छन्। लेखा समिति गठन नगरेर अनियमीतता बढेको उनको भनाइ छ।
https://youtu.be/N7vy_U92gQc