रामेछाप । फागुन १४ गते, कैलाश खत्री,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ६ भलुवाजोरको सुनकोशी नदि करिडोरमा पर्ने गाउँ बस्तीहरु सडक सञ्जालमा जोडिने भएका छन् । खुर्काेटको पुलबाट पूर्व तर्फ सेलेघाट ,नुवुघाट सडक आयोजनाको काम धमाधम सुरु भएपछि अब त्यस ठाउँका बस्तीहरु सडक सञ्जालमा जोडिने भएका हुन् । सिन्धुलीको खुर्काेटबाट सुरु हुने मध्यपहाडि राजमार्गको ठिक वारीपट्टी खनिएको यो सडक वैकल्पीक मार्ग समेत बन्ने सक्ने छ । 
मन्थली नगरपालिकाको कुल २४ लाख २५ हजार बजेटमा सुरु भएको सो सडकको हालसम्म ४ सय ८० मिटर खनिएको छ । सो सडकको मंगलबार मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्की सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।
अनुगमन टोलीमा मन्थली नगरपालिका योजना शाखाका ज्वोती सुवेदी , इन्जिनियर डिल्ली बहादुर अधिकारी ,सवइन्जनियर लोकेन्द्र बुढाथोकी, मन्थली नगरपालिका वडा नम्बर ६ की वडा सदस्य कमला बराल, वडा प्राविधिक गणेश माझी लगाएतको सहभागिता रहेको थियो । उनीहरुलाई सडकको भौतिक प्रगतिबारे उपभोक्ता समितिका सचिव विना माझी र कोषाध्यक्ष भिम बहादुर माझीले जानकारी गराएका थिए । अनुगमनपछि उपभोक्ता समितिलाई इन्जिनियर डिल्ली बहादुर अधिकारी सडकलाई कडा चट्टान भएको ठाउँमा तार जालीको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।
रामेछापको सुनकोशी तीरको बस्तीहरु धमाधम सडक सञ्जालमा जोडिदै
- प्रकाशित मिति: मंगलबार, फाल्गुन १४ २०७५
- तामाकोशी