(नेविसंघ)का दुई गुटबीच ईँटा हानाहान: एकको अवस्था गम्भिर

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १२ २०७५
  • तामाकोशी

काठमाडौं, फाल्गुन १२ गते ।
नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताबीच झडप भएको छ। नेपाली कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रीय कार्य समिति बैठकमा भेला भएका नेताहरुलाई दबाब दिन आइतबार पार्टी केन्द्रिय कार्यालयमा जम्मा भएका नेविसंघका दुई गुटबीच ईँटा हानाहान भएको हो।

नेविसंघमा नेता कुन्दनराज काफ्ले नेतृत्वको गुटले नेविसंघमा ३२ वर्षे उमेर हद लगाउन माग गर्दै कांग्रेस नेतृत्वलाई दबाब दिइरहेको छ भने पूर्व सभापति नैनसिंह महर नेतृत्वको पक्षले उमेर हद राख्न नहुने दबाब दिइरहेको छ। आइतबार विहान पार्टी केन्द्रिय कार्यालयमा नेताहरु आउन थालेपछि दुई पक्षले आ–आफ्नो माग सम्बोधन गराउन माग गर्दै चर्का नाराबाजी गरिरहेका बेला एक अर्काबीच इँटा हानाहानसहितको झपड भएको हो। सुरुमा पानीको बोत्तलबाट सुरु भएको दुई पक्षीय भिडन्तले उग्ररुप लिएपछि प्रहरीले लाठी जार्च समेत गर्नु परेको थियो।



झडपमा परी एक जना पत्रकारसहित केही विद्यार्थी घाइते भएका छन । घाईतेहरु मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ।